बिहिबार, साउन १०, २०८१

आफनै बिहेको कार्ड बाडदै हिडेकी रमितालाई टिप्परले ठक्कर दीदा मृत्यु

टोपेन्द्र जी,एम       कन्चनपुर जिल्लाको महेन्द्रनगरमा टिप्परले ठक्कर दीदा एक युबतीको घटना स्थलमै निधन भएको छ । स्नातक तह तेस्रो बर्षमा अध्यन गर्दै गरेकी उनको यही माघ १३ गते सोमबारको दिन बिबाह हुदै थियो । रमिता भट्ट नाम गरेकी बर्ष १८ की मृतक युबती आफ्नो बिबाहको कार्ड साथीहरु र आफन्तहरुकोमा बढ्दै साइकलमा सवार थिइन । एकै दिशा बाट आइरहेको टिप्परले कीचदा उनको घटना स्थलमै मृत्यु भएको छ । डेढ बर्ष अघी नेपाल आर्मिका जागीरे संग भागी बिबाह गरेकी उनको यही माघ १३ गते पुन धूमधामका साथ बिबाहको तयारी भैरहेको थियो । दुर्घटना पश्चात टिप्पर छोडेर भागेका टिप्पर ड्राइवर लाई प्रहरीले पक्रिएर अनुसन्धान अघि बढाई रहेको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77