बिहिबार, साउन १०, २०८१

श्रीमानले श्रीमतीको मालद्वारमा बल्दै गरेको आगोको अगुल्टो घुसाई दिए

असीम चौधरी,   दाङ जिल्ला देउखुरिको लमही नगरपालिका वडा न, १ सीतलापुरमा आफ्नै श्रीमानले श्रीमतीको मालद्वारमा बल्दै गरेको आगोको अगुल्टो घुसाई दिए छन । श्रीमान मेघ बहादुर सार्कीले आफ्नो कान्छी श्रीमती सोती सार्कीलाई कुटपिट गरी मलद्वारमा बल्दै गरेको आगोको अगुल्टोनै घुसाई दिएका छन । एक १८ बर्षे छोरा र श्रीमती संग बस्दै आएका श्रीमान मेघ बहादुर सार्कीले किन श्रीमती लाई यस्तो गरे त भन्ने बारे उनका १८ बर्षे छोरा जुनेश सार्कीले केहि जानकारी नभएको बताएका छन । घटना दिउँसो ४ बजे तीर भएको र आफु त्यो समयमा घरमा नभएको साथीहरु संग खेल्न गएको बताएका छन । साझा घर फर्किदा आफुलाई आमाले केहि नभएको तर छटपटाई रहेको र आमाको लुगाहरु भिजेको देखे पछि मात्र आमालाई अस्पताल लागेको बताएका छन । छोरालाई भन्न नै नमिल्ने ठाउमा बाबाले आगोले पोल्दिएकाले आमाले आफुलाई केहि भन्नु नसकेको कुरा पनि जुनेशले बताएका छन । घटना बहिरिए सँगै यति बेला श्रीमान मेघ बहादुर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने श्रीमती सोती सार्कीको अस्पतालमा उपचार भैरहेको छ । यता यो घटनाको बारेमा सोध्दा बाबाले आफुलाई केहि नबाताएको र आफुलाई बाबा आमा दुबैको उत्तिकै माया लाग्ने छोरा जुनेशले बताएका छन ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77