बिहिबार, साउन १०, २०८१

के हो मस्तिष्कको नसा फुल्ने एनोरिजम रोग

मस्तिष्क एनमेरिजमलाई ‘सेरेब्रल एनोरिजम’ पनि भनिन्छ । एनोरिजम भनेको रगतको नसाको पर्खाल कमजोर भएर नसा बेलुन जस्तै फुल्नु हो । यसरी फुलेको नसा जतिबेला पनि फुट्न सक्छ । धेरै मानिसको जन्मिदा नै नसाको कुनै भागको भित्ता कमजोर हुने गर्छ । यो समस्या हुने ९० प्रतिशतको जन्मँदा नै नसा कमजोर भएको हुन्छ ।

१० प्रतिशत दुर्घटना, ट्रमा, हेड इन्जुरी, इनफेक्सन, मुटुका रोगको कारणले पनि एनोरिजम हुनसक्छ । तर ९० प्रतिशतले जन्मँदा नै लिएका हुन्छन् । नसाको त्यहि कमजोर भाग फुल्दै जाने अवस्थालाई एनोरिजम भनिन्छ । यसको नेपालीमा नामाकरण अहिले सम्म गरिएको छैन । तर सामान्य बोलचालमा बेलुन जस्तो फुलेको नसा भन्ने गरिन्छ ।

यो फुट्यो भने मस्तिष्कघात भएर मानिसको मृत्युसमेत हुन्छ । त्यसकारण यो रोगको समयमा नै उपचार गर्नु जरुरी हुन्छ । ब्रेन ह्यामरेज हुने १५ प्रतिशत कारण एनोरिजम नै हो । सय जनामा दुई जनामा एनोरिजमको समस्या हुन्छ । यसरी हेर्दा ३ करोड जनसख्या भएको नेपालमा ६ लाख मानिसमा यो समस्या छ । त्यसमा पनि २ प्रतिशतको एनोरिजम फुट्ने गर्छ । यसरी एनोरिजम फुटेर ब्रेन ह्रयामरेज हुने गर्छ ।

एनोरिजम फुटेका विरामी मध्ये १० प्रतिशतको अस्पताल नपुग्दै मृत्यु हुने गर्छ । त्यसगरि ३० प्रतिशतको अस्पतालमा उपचार हुनुभन्दा पहिले नै पुन ः रक्तश्राब भएर मृत्यु हु्ने गर्छ । बाँकी ६० प्रतिशतको भने उपचार गर्न सकिन्छ । ती मध्ये पनि १० देखि १५ प्रतिशतको जटिलता निम्तने हुन्छ ।

यो रोग पुरुषमा भन्दा महिलामा बढी हुने गर्छ । महिलामा हर्मोन र शारीरीक संरचनाको कारणले हुन सक्ने अनु्मान गरिएको छ । जापान र फिनल्यान्डमा यो समस्या २० प्रतिशतमा जनसख्यामा रहेको पाइन्छ । यो रोग गोरा भन्दा काला जातीमा पनि बढी पाइएको छ ।

४० वर्ष देखि ६० वर्षका मानिसलाई लाग्ने धेरै संम्भावना हुन्छ । यो रोग वंशाणुगत कारणले हुने २० प्रतिशत सम्भावना रहन्छ । एनोरिजमको धेरै समस्या नफुुटिकन थाहा हुदैन । जोडले टाउको दुख्ने, एकापट्टीको परेला तल झर्ने , कहिले काँही परीक्षण गर्ने क्रममा पनि एनोरिजम देखिन सक्छ ।

यो रोगको लागी सिटि एन्जियोग्राम वा एमआरआई एन्जियोग्राम गरेर हेनुपर्छ । बिशेष परिक्षणबाट मात्र एनोरिजम थाहा हुन सक्छ । एनोरिजम फुट्दा असाध्यै टाउको दुख्छ । केहिमा उल्टी हुने र बेहोस हुने समस्या हुन्छ र धेरै रगत जमेको छ भने प्यारालाइसिस नै हुन्छ ।

एनोरिजम फुट्दा के हुन्छ

पहिलोपटक फुट्दा निकै कम रक्तश्राब हुन्छ । उक्त समय मस्तिष्कमा थोरै मात्र असर गरेको हुन्छ । यदि समयमा नै उपचार भएन भने ९० प्रतिशतको ज्यान जाने खतरा रहन्छ । त्यसकारण पुनः रक्तश्राब नहोस भनेर शल्यक्रिया गर्नुपर्छ । एनोरिजम फुटेको ७२ घन्टामा ४ प्रतिशत रक्तश्राब हुनेसम्भावना हुन्छ । त्यसपछि २ हप्तामा १४ प्रतिशत सम्भावना रहन्छ ।

त्यस्तै ६ महिनामा ३० प्रतिशत रक्तश्राव हुने सम्भावना हुन्छ । त्यसकारण पुन ः रक्तश्राव नहोस् रक्तश्राव रोक्न शल्यक्रिया गछौ । यसैलाई इन्डोभास्कुलन कलिइङ भनिन्छ । फुलेको नसामा विशेष किसिमको क्लिपिङ राखेर रक्तश्राव रोक्ने प्रयास गरिन्छ । उक्त क्लिपिङले रक्तश्रावलाई रोकी ज्यान जाने जोखिमबाट जोगाँउछ ।
नसा फुट्ने समस्या निम्तिने कारण धेरै धुम्रपान र उच्च रत्तचाप नै मुख्य हुन । व्यायाम नगर्ने, मदिरा सेवन नगर्ने , कहिलेकाँही यौन सम्र्पक गर्ने क्रममा पनि फुट्ने गरेकोे पाइन्छ । यसको लागी खानपनि र जीवनशैली राम्रो बनाउनु आवश्यक रहेको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77