सोमवार, अशोज १५, २०८०

दाङमा जुवा खेल्दै गर्दा ५ जना जुवाडे पक्राउ

असीम चौधरी,    दाङमा जुवा खेल्दै गर्दा ५ जना जुवाडे पक्राउ परेका छन । दाङ घोराहिको नवलपुरमा जुवा खेल्दै गर्दा जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुलाई पक्रिएको छ । दाङ घोराहिको नवलपुर १८ स्थित मीनराज घर्तीको घरमा जुवा खेलिरहेको अवस्थामा ३७ हजार पांच सय ४० रुपैया सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा दाङको बंगलाचुली गाउँपालिका वडा नं. ५ निवासी ३४ बर्षीय तिकल पुन, घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी ३१ बर्षीय दानबहादुर बुढा, सोही ठाउँका ४० बर्षीय अजय विक, ४४ बर्षीय पहल राई, घोराही १२ निवासी २४ बर्षीय देवबहादुर पुन मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उनीहरुको साथबाट तीन गड्डी ताससमेत बरामद गरिएको छ ।

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77