शनिबार, साउन १२, २०८१

चट्याङ लागेर १ जनाको मृत्यु ४ जना घाइते |

दैलेख जिल्लामा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन । दैलेख जिल्लाको महाबु-गाउँपालिका वडा न- ६ को लामिडाडामा चट्याङ लाग्दा लामिडाडा निबासी बर्ष ३३ की निर्मला बी।क को ज्यान गएको हो । साथै अन्य ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय देलेखका सुचना अधिकारी नैन बहादुर साउदले जानकारी दिए ।

घाइते हुनेहरुमा लामिडाडाकै ३० बर्षीय मनीषा बीक , २९ बर्षीय झुंपा बिक,२७ बर्षीय कोपिला बिक र ३० बर्षीय नबराज कार्की रहेको प्रहरीले जनाएको छ ।

बिहीबार साझ सडकको काम गरेर घर फर्किने बेलामा जोडले हावाहुरि चलेपछि स्थानीय मदन क्षेत्रीको घरमा ओत लागेको बेला त्यही घरमा चट्याङ परे पछि घटना घटेको महाबु-गाउँपालिका वडा न ६ का वडा सदस्य दलबहादुर बिकले बताए ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77