बिहिबार, साउन १०, २०८१

१९ बर्षे युबक र १७ बर्षकी युबतिले झुन्डिएर आत्महत्या गरे

दाङ घोराही उपमहानगरपालिका वडा न २ बलमपुरमा एक १९ बर्षे युबक र १७ बर्षकी युबतिले झुन्डिएर आत्महत्या गरेका छन । कक्षा ९ मा पढने बलमपुरका प्रदीप चौधरी र कक्षा ११ मा पढने दीपा चौधरीले गाऊ नजिकै बरपीपल चौतरीको बरको बोटमा केटीको सलको पासो लागेर आत्महत्या गरेका हुन । प्रदीप र दीपा बिच प्रेम सम्बन्ध रहेकै कारण यस्तो भएको स्थानीय तथा घर परिवारले बताएका छन ।

उनीहरु बीचको प्रेम सम्बन्धको बारेमा कसैलाई थाहा नभएको बताएका छन । एउटै सन्तान भएकोले हाडनता बीचको प्रेम सम्बन्ध घर परिवार र समाजले स्वीकारने डर का कारण प्रदीप र दीपाको कलिलो मस्तिष्कले मृत्यु अंगालेको हुन सकने स्थानीय तथा घर परिवारले बताएका छन ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77