बिहिबार, साउन १०, २०८१

धन कमाउन साउदी गको श्रीमान १० बर्ष सम्म फर्किएनन

घोराही उपमहानगरपालिका वडा न १७ की चेतना घर्ति उमेरले मात्र ३४ बर्षकी भइन । सामान्य लेख पढ गर्न मात्र जानेकी उनले जिन्दगीको ३४ बसन्त पार गर्दै गर्दा जिन्दगीमा आई पर्ने लाखौ दुख संग पैठा जोरि खेली सकेकी छिन । सानो उमेरमै घरपरिवारको रोजाइको केटा नरेन्द्र बहादुर घर्ति संग मागि बिबाह गरेकी उनको २ वटा छोरीहरु छन । तर यी दुइ छोरीहरुको लालन पालन र पढाई लेखाई बिगत १० बर्ष देखि चेतना घर्ति एकलैले गर्दै आइरहेकि छिन ।
घर परिवारले गोडा जल खाएर अन्माइदिएका श्रीमान नरेन्द्र बहादुर घर्ति बिगत १० बर्ष देखि साउदीमा हराइ रहेका छन । १० बर्ष अघि धन कमाउन साउदी गएका नरेन्द्र अहिले सम्म घर फर्किएका छैनन । १० बर्षको अन्तरालमा नरेन्द्रले न फोन गरेका छन न त घरनै फर्किएका छन । केहि महीना अघि साउदीमै काम गर्ने नरेन्द्रका भाइले नेरन्द्र संग फोनमा कुरा गरेका थीए तर नरेन्द्रले आफुलाई नखोजन भाईलाइ भनेका छन । यसरी फोनमा कुरा भएकाले आफ्नो श्रीमान नरेन्द्र घर्ति सकुसल रहेकोमा चतना एक हिसाबले खुसी त छिन तर श्रीमान घर नफर्किदा अर्को बिहे गरेर बसेको छन की किन घर फरकिनन भन्ने पिरले रुदै हीनछिन । छोरीहरु ठूला भए अब झन जिम्मेवारी बढदैछ । बाबुको अतोपत्तो छैन छोरीहरुले बाबुको खोजी गर्नु थालेका छन त्यसैले झीनो आसाका साथ चेतना दीदिले हामी संग आफ्नो पीडा पोख्दै श्रीमान लाई घर फर्किन आग्रह गरेकी छिन ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77