बिहिबार, बैशाख १३, २०८१

थप एक नेपालीमा कोरोना भाइरस : उपत्यकाबाहिर पहिलो पटक कोरोना भाइरस पुष्टि

थप एक नेपालीमा कोरोना भाइरस : उपत्यकाबाहिर पहिलो पटक कोरोना भाइरस पुष्टि

कोरोना भाइरस (कोभिड १९)बाट थप एक नेपाली संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार नै गरिएको परीक्षणमा ३४ वर्षीय नेपाली पुरूषमा कोभिड १९ पोजिटिभ भेटिएको उनले बताए ।
डा देवकोटाले उपत्यका बाहिर पहिलो पटक कोरोनाको संक्रमण देखिएको र बिरामीको कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहे बताए । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

डा देवकोटाले कोरोना संक्रमण राजधानीबाहिर पनि पुष्टि भइसकेको अवस्थामा लकडाउनलाई पालना गरेर घरमै बस्न आग्रह गरेका छन् । यसअघि नेपालमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये एकजना निको भइसकेका छन् ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77