बिहिबार, साउन १०, २०८१

नेपालमा फेरी ३ जनामा कोरोना संक्रमण

नेपालमा फेरी ३ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । ३ जना जस्मा कोरोना कोभिड १९ को संक्रमण पुस्टि भएको छ तिनै जना भारतीय नागरिक रहेका छन । नेपालको पर्सा जिल्लामा बस्दै आएका ३ जना भारतीय नागरिकहरुमा कोरोनाको संक्रमण पुस्टि भएको हो । तिनै जना भारतीय नागरिकको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । ति तिन भारतीय नागरिकको वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

लक डाउन हुनु अघि यसरी भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जानकारी दिए ।
हेटौडा अस्पतालले यस बिषयमा नारायणी अस्पताल लाई जानकारी गराएको थियो भने त्यस लगतै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

तिन जना भारतीयहरु मध्य एक जना मुम्बई बाट नेपाल आएका थिए भने बाकि दुइ जना भारतको उतर प्रदेश बाट नेपाल आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

नेपालको सप्तरीमा जील्लमाआयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

कोरोना भाइरसकै कारण गरिएको लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैँ नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताए ।

‘लकडाउनको समयमा उहाँहरु मस्जिदमा आउनुभएको हो । त्यही बेला प्रहरीसँग समन्वय गरेर हामीले बेग्लै राखेका थियौँ’ मौलना असगरले भने ‘छुट्टै राखिएकोले उहाँहरुसँग धेरै कुराकानी पनि भएको छैन । घर जाने बेलामा एक पटक स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ भनेर अस्पताल जानुभएको हो ।’

त्यसपछि अस्पतालमा जाँच भएको तर रिपोर्ट आइनसकेको जानकारी आफूले पाएको उनले बताए ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77