बिहिबार, साउन १०, २०८१

तेस्रो लिंगी श्रीमानको ५२ बर्षीय श्रीमतीले गरिन आत्महत्या

दाङ्ग जिल्लाको लमही नगरपालिका वडा न : ६ मा एक जना ५२ बर्षिय महिलाले बिष सेवन गरि आत्महत्या गरेकी छिन । गत मंगलबार साझा श्रीमान र छोरि ज्वाई संग हासीखुसि खाना खाइ सुतेकी उनले राति एक्कासी बिष सेवन गरेकी थिइन् । श्रीमतीले बिष सेवन गरि सके पछि छटपटाउदै आफ्नो तेश्रोलिंगी श्रीमान लाई बोलाएकि थिइन । त्यस लगतै उनका ४५ बर्षे तेश्रोलिंगी श्रीमान र छोरि ज्वाइले उनलाई लमही अस्पतालमा लगेका थिए । अस्पताल पुगे पछि उनले आफुले बिष सेवन गरेको बताएको थिइन ।

ति ५२ बर्षिय महिलाको तेश्रोलिंगी श्रीमानले भने श्रीमतीले अस्पताल पुगे पछि डाक्टर संग आफुले ५ वटा सेल्फास खाएको बताइन । घरमा रहेको अन्नमा किरा नलागोस भनेर किनेर राखेको किरा मर्ने सेल्फास खाएर श्रीमतीले आत्महत्या गरेको उनले बताए । आफु भन्दा ७ बर्ष ले जेठी श्रीमतीले आफुलाई अस्याधै माया गर्ने गरेको पनि मोनिका उर्फ मान बहादुर चौधरीले बताए । आफु १३ बर्षको हुदा बाबा ले जबरजस्ती आफु भन्दा ७ बर्षले जेठी केटि संग बिहे गराई दिएको बताउने उनि यतिका बर्ष सम्म संगै बसेको माया गरेको अनि १ छोरा र ३ छोरि जन्माएको श्रीमतीले अचानक किन यस्तो गरिन आफुले केहि बुझ्न नसकेको बताए ।

आफु तेश्रोलिंगी भएको १३ बर्षको उमेरमै आफुले थाहा पाएको बताउने उनले आफु तेस्रोलिंगी भए पनि श्रीमतीलाई कुनै जुनासो नभएको पनि बताए साथै गाउ समाज र ससुरालीले पनि आफुलाई स्विकारेको पनि बताए । सबै छोरि र छोराको बिहे भै सकेको छ उनले श्रीमतीको नाम आफनो १ बिघा जग्गा र धन सम्पति सबै श्रीमतीकै नाममा गरिदिएको पनि बत्ताए । आमाको निधन भए पछि माइती आएका छोरिहरुले पनि आफ्नो बाबा आमाको बिचमा कुनै झगडा नहुने र बाबा तेश्रोलिंगी भएको न त आफुहरु न त आमा लाई नै गुनासो रहेको बताए बरु सबै जना खुसि र सुखी थियौ सबै कुरा पुगेको थियो तर एक्कासी आमाले किन यस्तो गर्नु भयो केहि थाहा भएन ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77