शनिबार, साउन १२, २०८१

दाङमा ८ संक्रमित थपिए

दाङमा आज थप ८ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा राप्ती गाउँपालिकामा ६ जना घोराही उपमहानगरपालिकामा एक जना र तुलसीपुर उपमहानगरपालिकामा एक जना गरि आठ जनामा कोरोना पुष्टि भएको हो ।

राप्ती गाउँपालिका वडा नम्बर १ निवासी ३२ बर्षिय पुरुष, १२ बर्षिय बालक, ३० बर्षिया महिला, वडा नम्बर ३ निवासी २७ र २२ वर्षीय पुरुष, १८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । यस्तै,घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी ४३ बर्षिया महिला र तुलसीपुर उपमहानगरपालिका १७ निवासी २८ बर्षिय पुरुष मा कोरोना संक्रमण पुष्टि भएको हो।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77