बिहिबार, मंसिर ७, २०८०

अत्यधिक चिसो बढेपछि घोराहीका विद्यालय दुईदिन बन्द

पुस २३, २०७६ दाङ : जिल्लामा चिसो बढेपछि घोराही उपमहानगरपालिकाले दुई दिन बिद्यालय बन्द गर्ने जनाएको छ। दाङमा अत्यधिक चिसो बढेकाले पठन-पाठनमा समस्या भएकाले बिहीबार र शुक्रबार दुई दिन बिदा दिने निर्णय भएको घोराही उपमहानगरपालिका कार्यालयले जनाएको छ।

उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गदै यस पटकको दुई दिने बिदा बर्षे बिदाबाट कट्टी हुने गरी दिने निर्णय भएको जनाएको छ। त्यसैगरी दाङमा बुधबार अधिकतम तापक्रम १४.८ डिग्रिसेल्सियस र न्यूनतम तापक्रम ८.२ डिग्रिसेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय घोराही दाङले जनाएको छ। दाङमा बुधबार १.२ मिलिमिटर वर्षा भएको छ।

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77