शनिबार, साउन १२, २०८१

प्यूठानका थप ४ जनामा कोरोना पुष्टि

प्यूठान। प्यूठानमा बिहिबार थप चार जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

आज थपिएका संक्रमितहरुमा माण्डबी गाउँपालिका-५ का १ जना, ऐरावती-२ का १ जना र प्यूठान नगरपालिका-२ छन।उनिहरु २० देखि ३६ वर्ष उमेर समुहका रहेको सम्वद्ध अधिकारीहरुले जनाएका हुन। ऐरावती २ का ती युवक भने भेनाजुसंग गएपछि झिमरुक गाउपालिका ४ को क्वारेन्टाईनमा बस्दै आएका थिए।कोरोना संक्रमण पुष्टि भएपछी अहिले उनलाई झिमरुक गाउपालिकाले गाडी ब्याबस्थापन गरि ऐरावती पठाउने तयारी भईरहेको वडाअध्यक्षले बताए। उनी बाहेक अन्य संक्रमित आ आफ्नै वडाको स्थानिय क्वारेन्टाईनमा बस्दै आएका थिए।

उनिहरु सबै भारतबाट आएका ब्याक्ती हुन।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर जाँचका क्रममा यी चारजनामा कोरोना संक्रमण पुष्टी भएको हो।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77