
घोराहीमा भारतबाट आएर क्वारेन्टिनमा बसेको एक जोडीले पीसीआर रिपोर्ट नेगेटिभ आएकै दिन क्वारेन्टिनबाट निस्किए लगतै रुखमुनी बिवाह गरेको छ । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर निवासी २३ बर्षीय कृष्ण वली र तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ की २१ बर्षीया सीता चौधरीले जेठ ३२ गते क्वारेन्टिनवाट निस्किए लगतै नजिकै बरपिपलको रुखमुनी बिवाह गरेका हुन
उनीहरको बिवाह बिवाह वडा नं. १८ का वडा अध्यक्ष भरत अर्याले आफै पुरेत बनेर गरिदिएको बताए । कृष्णले सीतालाई ९ महिना पहिले भगाएर भारतमा लगेका थिए । उनीहरु १० गते फर्केर घर आएपछि स्थानीय क्वारेन्टिनमा बसेका थिए । जेठ ३२ गते उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर परिवारको सल्लाह अनुसार उनीहरुको बिवाह गरिएको वडाध्यक्ष अर्यालले बताए ।कृष्णले २ बर्ष पहिले फेसबुक मार्फत आफु र सीताको बीचमा लभ परेको जानकारी दिए । सीता तुलसीपुरको गोरखा माविमा कक्षा १२ मा अध्यनरत थिइन भने कृष्ण भारतको डिल्लीमा सेफको काम गर्छन ।