सोमवार, चैत्र १२, २०८०

कोरोना पोजेटिभ आए पछि क्वारेन्टाईनमा झुन्दिएर आत्महत्या

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ५ स्थित हरि माविको क्वारेन्टिनमा सोही वडाका ४५ वर्षीय देब बहादुर बि क ले बुधबार विहान नजिकै रुखमा झुण्डिएर आत्महत्या गरेका थिए।गत जेठ १० गते भारतबाट फर्किएर क्वारेन्टाईनमा बसेका उनको २६ गते स्वाव संकलन गरिएकोमा पिसिआर रिपोर्ट बुधवार पोजेटिभ आएको हो ।

 

यसअघि आरडिटी परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको थियो । पिसिआरको रिपोर्ट नआउँदा सम्म दिनभर उनको शव रुखमै झुण्डिए कै अवस्थामा राखिएको थियो । रिपोर्ट आएपछि बल्ल बेलुकी शव रुखवाट भूईमा झारिएको हो । उनको शव नेपाली सेनाले सोही वडाको जंगलमा लगेर गाडेको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77