
बर्सातको मौसम सुरु भए सँगै देशका बिभिन्न ठाउँहरुमा बाढी पहिरोको कारण धेरै दुर्घटनाहरु घाटी रहेका छन । बाढी पहिरोको कारण धेरै धनजनको क्षेति भएको खबरहरु दिन प्रतिदिन बाहिरि रहेका छन । केहि दिन देखि सामाजिक सञ्जाल फेसबुक,टिकटकमा एउटा भिडियो निकै भाइरल बनी रहेको छ। भिडियो मा एक जाना ब्यक्ति पीठउमा एक बोरा चामलको बोकेर उरलीरहेको बर्खे भेलामा आफ्नो ज्यानको बाजी लगाएर खोला तरदै गरको देखिन्छ। जब उरलीरहेको खोलाको भेलमा ती ब्यक्ति पुग्छन उरलीरहेको भेलले लडाउछ र बगाउनै खोजछ तर ती ब्यक्तिले हिम्मत गरेर आफुले ऋण गरेर किनको १ बोरा चामल र बोक्नुलाई प्रयोग गरेको नामलो ( डोरी ) ओढिरहेको पलास्टिक सबै बचाउनु सफल हुन्छन । ती ब्यक्ति आफ्नो परिवारको भोक मेटाउनुको लगी गरको त्यो संघर्सले सबैको मन रुवाई रहेको छ । यो भिडियोमा देखिएका ब्यक्ति दांग जिल्लाको बंगलाचली गाउपालिका वडा न ८ बसने २४ बर्षका दिल बहादुर गाहा मगर हुन। दिल बहादुरको यो भिडियो बाहिरी सँगै यति बेला हामी नेपालीको समस्या अझै पनि जस्ताको तेस्तै रहेको छर्लङ्ग हुन्छ । यस बारे सम्पूर्ण कुरा बुझ्नुको लागि हाम्रो सहकर्मी सुजल जी एम र अशीम चौधरीले २ दिन लगाएर तयार परेको यो भिडियो रिपोटिंग हेर्नुहोस