मङ्लबार, जेष्ठ १५, २०८१

निषेधाज्ञाको पहिलो दिन दाङमा आज बिहानैदेखि सडक र बजार सुनसान

 

दाङ,१५  भदौ।दाङमा गएरातिदेखि एक हप्ताका लागी निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा लागू भएपछि आज बिहानैदेखि सडक र बजार सुनसान भएका छन ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि एक हप्ता निषेधाज्ञा लगाइएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो । निषेधाज्ञा भदौ २१ गते राति १२ बजेसम्म कायम रहनेछ । निषेधाज्ञा अवधिमा पीसीआर जाँच बढाउने र एक हप्तापछिको अवस्था हेरेर थप निर्णय हुने पनि प्रमुख जिल्ला अधिकारी  रिजालले जानकारी दिनुभयो ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77