सोमवार, अशोज १५, २०८०

कम्प्युटरबाटै लाइसेन्सको जाचँ, ट्रायलमा सेन्सर

यातायात व्यवस्था विभागले कम्प्युटरबाटै सवारीचालक अनुमती पत्रको लिखित परीक्षा दिने व्यवस्था मिलाउने तयारी थालेको छ।कागजी परीक्षामा अनियमितता भएको भन्ने जनगुनासो आएको कारण यो व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।

‘परीक्षामा कम्प्युटर अगाडि परीक्षार्थी बसेपछि एक पछि अर्को प्रश्न आउँछ। सबैको उत्तर दिएर सबमिट गरेपछि तत्कालै पास फेलको परिणाम आउँछ र ट्रायलको मिति पाउँछन्,’ हमालले सेतोपाटीसगँ भने

यस्तो परीक्षामा कसैले पनि छलकपट गर्न नमिल्ने उनले जानकारी दिए। लाइसेन्सको लिखित परीक्षालाई चालू आर्थिक वर्षमै कागज रहित बनाइने छ।

ट्रायलमा सेन्सर

विभागले ट्रायललाई पनि फुल अटोमेसन गर्ने बारे अध्ययन गरिरहेको छ।विभागले सेन्सरको प्रयोगबाट मानवरहित ट्रायल परिक्षा कसरी गराउन सकिन्छ भन्ने अन्तराष्ट्रिय अभ्यासको अध्ययन गरिरहेको हमालले जानकारी दिए।

‘हाल चालकले ट्रायल दिँदा निरीक्षकले हेर्ने गर्छन। सेन्सर जडान गरियो भने निरीक्षण गर्न कोहिपनि बस्नु पर्दैन र मानवीय त्रुटी हुन पाउँदैन,’ हमालले सेतोपाटीसगँ भने।

यो व्यवस्था गर्न भने केही समय लाग्न सक्ने विभागले बताएको छ।

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77