सोमवार, अशोज १५, २०८०

आफ्नै बच्चा जंगलमा छोडेर आमा भागिन

सल्यान जिल्लाको श्रीनगर खलंगा सडक खण्डमा पर्ने जंगलमा एक महिलाले २८ दिनको बच्चा लाई रात भर एक्लै जंगलको बिचमा छोडेको अवस्थामा भेटिएको छ। श्रीनगर बाट बिहान मोर्निङ्ग वाकका लागि गएकाहरुले जंगल एक्लै रोइरहेको बच्चाको आवाज सुनेर हेर्दा बच्चा रोइरहेको अवस्थामा एक्लै भेटिएको हो। घटना स्थलमा महिलाको लुगाहरु पनि भेटिएको थियो। मोर्निङ्ग वाकमा गएकाहरुले जिल्ल्ला प्रहरीलाई खबर गरे पछि बच्चाको उदार गरि जिल्ला अस्पताल लगिएको थियो।

 

घटनाको अनुसन्धान गर्दा त्यो बच्चा खलगा रहेको माइतीमा बस्दै आएकी एक महिला जो रोजगारीको सिलसिलमा छिमेकि देश भारत गएकी थिइन उनको रहेको खुलेको छ। प्रहरीले ति महिला र उनि संग अनैतिक समबन्ध राखेर उक्त बच्चा जन्माएको एक पुरुष लाई पक्रिएको छ।

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77