सोमवार, अशोज १५, २०८०

आफ्नै श्रीमतीको अर्को केटा संग बिहे गर्दिए

 

 

 

दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका ११ बासगजेरिमा एक जना पुरुषले बिहे गरि २५ बर्ष संगै बिताएको र छोरा छोरीको बिहे गर्दिएर नाति नातिनाहरु देखि सकेको आफ्नै श्रीमतीको अर्कै पुरुष संग बिहे गर्दिएका छन। श्रीमान खडक बहादुर पुन ५ बर्ष अघि बैदेशिक रोजगारीको सिलशिलामा साउदी अरब गए देखि श्रीमती कमला पुनले परपुरुष संग हिमचिम बढाएको र आफुले फोनमा अनि घरमा छुट्टि आएको बेला पटक पटक सम्झाउदा पनि केहि नलागेर यस्तो गर्नु परेको बताएका छन।

 

छिमेकि गाउको एक जना पुरुष संग आफ्नो श्रीमतीको उठबस रहेको ति पुरुष स्वयमले नै स्वीकारे पछि उनि हरु दुइको बिहे गर्दिएको बताएका छन। खडकले बिदेशमा कमाएको र श्रीमती कमलाले बिभिन्न व्यक्ति अनि सस्था बाट निकालेको ११ लाख ऋण सबै तिर्ने सर्तमा यस्तो गरिएको खड्कले बताए।

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77