शनिबार, साउन १२, २०८१

ससुरालीलेनै ५ महिनाको गर्भवती छोरीलाई खो-सेर लगे। गाउमा ह-ङ्गामा मच्चाए। कपिलबस्तुमा हेर्नुस

कपिलवस्तु जिल्लाको महाराजगंज न.पा.वार्ड नं ५ कंनचनपुरमा एक जना ५ महिनाको गर्भवती महिलालाई,आफ्नै माईति पक्षले श्रीमानको घरमा बसिरहेको अवश्थामा कुट्पिट गरी जबर्जस्ती लछार पछार गरी उठाएर लगेर बेपत्ता पारेका छन।

 

२५ वर्षिया युवती पुस्पा कुर्मी र २३ वर्षिया युवा दिनेश कुर्मीले एक आर्कामा माया प्रेम बसे पछि भागेर विबाह गरेका थिए। यसरी भागेर विबाह गरिसके पछि,केटि पक्षका माईती्ले यो विबाह मन नपराए पछि,दिनेशले आफ्नो श्रीमतीलाई माईतीसंग पठाई दिएका थिए, तर दिनेशको श्रीमती पुस्पा कुर्मीले,दिनेश बिरु्द् र माईती पक्ष बिरु्द् मुद्दा दायरा गरे पछि,यो कुरा कानुनी प्रक्रियाबाट अगाडी बढेर अदालतले यी दुबैको नाता प्रमाणित गरिदिएको थियो,यानिकी यि दुबैको बैधानिकरुपम अदालति प्रक्रियाबाट विबाह गरिदिएको थियो।

यसरी यी दुबैको गहिरो माया प्रेम बसिसके पछि विबाह गरेका यी दुबै जना जोडी,पटक पटक माईती पक्षबाट दबाब सहिरहदा र डर धम्की आईरहदा शान्तसंग बस्न नपाउदा भागेर केहि महिना बुटवल गएर बसे र केहि महिना बुटवल बसिसके पछि श्रीमती पुस्पा कुर्मी गर्भवती भएको थाह पाएपछि उनिहरु घर आएर बसेका थिए। पुस्पा कुर्मीको श्रीमान घर नभएको मौका छोपी पुस्पाको माईतीले आफ्नो घरमा बसिरहेको अवश्थामा आएर उनिहरु लछार पछार गरे,कुटपित गरे र जबर्जस्ती उथाएर लगे र यति बेला बेपत्ता पारिदिएको कुरा  दिनेश कुर्मीले बताए।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77