बिहिबार, मंसिर १४, २०८०

उखु किसानलाइ पैसा नदिने लुम्बिनी चिनी मिलका मालिक पक्राउ

दाङ्ग । उखु किसानको पैसा नदिएको  लुम्बिनी चिनी मिलका मालिक मनोज अग्रवाल पक्राउ परेका छन ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी मनोजित कुँवरका अनुसार ,
उखु किसानले पश्चिम नवलपरासीको प्रहरी कार्यलयमा निबेदन पेश गरे पश्चात नवलपरासीका प्रहरीले उपस्थित गराइदिन पर्सा प्रहरीलाई पत्रचार गरेपछि, पर्साका प्रहरीले लुम्बिनी चिनी मिलका मालिक मनोज अग्रवाललाई नियन्त्रणमा लिएको हो।
यसअघि सरकारले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने  चिनी मिल सञ्चालकलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।
लुम्बिनी चिनी मिलले उखु किसानलाई  ९ करोड  रुपैयाँ भुक्तानी गर्न बाँकि रहेकाे कुरा डिएसपी कुवरले बताए ।

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77