सोमवार, चैत्र १२, २०८०

दिदिघर संस्था तुलसीपुरमा ट्रान्जिट होम सन्चालन हुने

दङ्ग। दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका वाड़ न. ६ डुम्रीगाउँमा रहेको दिदिघर संस्थामा ट्रान्जिट होम सन्चालन गर्ने तयारी भएको छ ।

शुक्रबार तुलसीपुर उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी ,तुलसीपुर उपमहानगरपालिका कार्यालयको सहयोगमा अल्पकालिन बालगृह सन्चालन गर्ने तयारी बारेमा छलफल भएको छ। दिदिघर संस्थाको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा आयोजना गरीएको छलफल कार्यक्रममा अल्पकालिन बालगृहको अब छिट्टै उद्घाटन गर्ने तयारी गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठका अनुसार ‘विशेषगरी उक्त  बालगृहमा आपतकालिन एवं जोखिम अवस्थामा परेका बालबालिकाको संरक्षण  हुने बताएकी छिन  ।’ उनले बताए अनुसार आपतविपतमा परेका १८ वर्ष मुनिका जुनसुकै बालबालिकालाई ३० दिन देखी ४५ दिन सम्म बालगृहमा राख्न सकिने र यो विषयमा बालबालिका ऐन २०७५ अन्र्तगत तुलसीपुरमा बाल अधिकार समिति गठन भई कार्यविधि तयार भएको  पनि बताएकी छिन  ।

उनका अनुसार जिल्लास्तर वा जिल्ला बाहिरका पिडित बालबालिका केहि दिन त्यहि संस्थामा बस्न मिल्ने बाताबरण पनि मिलाएको बताईन  ।यसका लागी तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा दुई लाख बजेट विनियोजन गरेको उनको भनाई छ ।उक्त बालगृह संस्थाकी अध्यक्ष स्यानी चौधरीले समस्या र अप्ठ्योरोमा परेका जुनसुकै बालबालिकाहरुलाई सक्दो सहयोग गर्ने बताएकी छिन्  र बालबालिकाको भविष्यका लागी सकारात्मक ज्ञान र शिक्षा दिन सक्ने पनि बताएकी छिन् ।

सोहि कार्यक्रममा उपस्थित हुनु भएका सम्पुर्ण माननीय व्यक्तित्व ज्युहरुले उक्त बालगृह सहि तरिकाले तरिकाले सन्चालन गर्न सुझाव दिएका थिए  र उनीहरुले भविस्यमा संस्थाको उद्देश्य र लक्ष्यलाई समस्या नपर्ने गरी अल्पकालिन बालगृह सन्चालन गर्न आग्रह पनि गरेका छन् ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77