शनिबार, साउन १२, २०८१

मोटरसाइकलमा पाटेबाघको आक्रमण, एक महिला बेपत्ता

बर्दिया जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनी पोष्टदेखि ६ किलोमिटर अगाडी कुँवाभार नजिक २ जना सवार एक मोटरसाइकलमा पाटेबाघले आक्रमण गरेको छ।

 

सोहि मोटरसाइकलमा सवार एक महिला भने बेपत्ता रहेको जानकारी प्राप्त भएको छ। र ति महिलालाई तेही पाटेबाघले झम्टेर लागेको अनुमान गरिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ति महिला  कैलाली जिल्लाको लम्किचुहा नगरपालिका ४ की ५० वर्षिया नन्दकला थापा हुन। र त्यो मोटरसाइकलमा सवार दुइ जना आमाछोरा रहेको निकुञ्जले जनाएको छ।

शुक्रबार राति करिब साढे ८ बजेतिर आमाछोरा आफ्नो घरतिर जाने क्रममा पाटेबाघले आक्रमण गरेको कुरा निकुञ्जले जनाएको छ। मोटरसाइकल चलाइरहेका छोरालाई भने सामान्य चोट लागेको छ । बाघले आक्रमण गरे लगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थमा खटिएको नेपाली सेनाले ती महिलालाई खोजी गरिरहेको बर्दिया निकुञ्जले जनाएको छ।

तर अझैसम्म पनि  ति महिला पत्ता लागेकी छैनिन ।  निकुञ्जले अबदेखि बेलुका को समयमा राजमार्गमा मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँड्न प्रतिबन्ध लगाउने भएको छ  ।

 

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77