
२४ पौष। भारतका विभिन्न ठाउँमा फैलिएको बर्ड फ्लु नेपाल भित्रिन नदिन नेपाल सरकारले भारतबाट आयात हुने कुखुरा, दाना, अन्डा तथा मासुजन्य वस्तुमाहरुमा रोक लगाएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले देशभरका आठवटा क्वरेण्टीन कार्यालयलाई पत्र पठाएर तत्काल आयातमा रोक लगाउन निर्देशन दिएको छ। मन्त्रालयलका अनुसार, ‘बर्ड फ्लु भित्रिन नदिन काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगञ्ज, काठमाण्डौ, भैरहवा, नेपालगञ्ज र गड्डाचौकीका पशु क्वरेण्टीन कार्यालयले जाँच गर्न थालिसकेको छ।’
भारतको धेरै जसो ठाउहरुमा बर्ड फ्लु रोगको सङ्क्रमण फैलिएकोले नेपालले यास्ता भारतबाट आयात हुने कुखुरा, दाना, अन्डा तथा मासुजन्य वस्तुमाहरुमा रोक लगाएको हो ।