शुक्रबार, साउन ११, २०८१

होटल पौवाले माघे संक्रान्तिमा परम्परागत थारु परिकारहरु निशुल्क पस्कने

दाङ्ग २८ पौष। होटल पौवाले आफ्ना सबै शाखाहरुबाट थारु समुदायको माहान चार्ड पर्व माघे संक्रान्तिलाई लक्षीत गर्दै माघीको परिकार खुवाउने भएको छ ।

यही माघ १ गते माघे संक्रान्तिका दिन पौवा होटलको हरेक शाखाहरुमा माघीका दिन परम्परा देखि खाईंदै आएको थारु परिकार ग्राहकहरुका लागि निशुल्क खुवाउन थालिएकोको होटल पौवाले जनाएको छ ।पौवा होटलका अनुसार जुन जुन स्थानमा पौवा होटलको शाखाहरु छन् सोहि शाखा रहेको स्थानमा स्थानीयले माघे संक्रान्तिका दिन परम्परा देखि खाँदै आएको थारु परिकार ग्राहकहरुलाई खुवाउन लागिएको हो ।

माघीको उपलक्ष्यमा थारु समुदायले बनाउने परिकारहरुमा ढिक्री, माछाको अचार, खिचडी, तरुल, सखरखण्ड यी सबै परिकारहरु होटल पौवाको शाखाहरुमा उपलब्ध हुुनेछन् । होटल पौवाका प्रमुख संचालन अधिकृत कृष्ण गौतमले बताए अनुसार ‘परम्परालाई निरन्तरता दिन र नेपाली संस्कृतिको जगेर्ना गर्न चाड अनुसारको स्वाद कार्यक्रम अगाडी ल्याईएको हो।’

होटल पौवाले कर्णाली प्रदेशको जुम्ला सहित लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुपन्देही, पाल्पा र गुल्मीमा गरि ८ वटा शाखा संचालन गर्दै आएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी भालुबाङमा फागुन महिना सम्ममा सुबिधा सम्पन्न होटल संचालनमा ल्याउने तयारीमा रहेको होटल पौवाका प्रबन्धनिर्देशक विष्णु ज्ञवालीले बताए।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77