बिहिबार, साउन १०, २०८१

दाङमा भन्दा रोल्पामा कोरोना सक्रिय संक्रमित धेरै

दाङ, २८ जेठ । दाङमा भन्दा रोल्पामा कोरोना संक्रमणका संक्रिय संक्रमितको संख्या धेरै रहेको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले दिएको जानकारी अनुसार विहीवार सम्म दाङमा संक्रिय संक्रमितको संख्या पाँच सय भन्दा कम रहेको छ । तर रोल्पामा विहिवार ३४ जनामा कोरोना संक्रमण देखीए सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७४९ जना रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । कार्यालयका अनुसार रोल्पामा हाल सम्म १७ जनाको मृत्यु भएको छ । विहिवार थप दुई जना संक्रमण मुक्त भएसंगै हाल सम्म मुक्त हुनेको संख्या ९२५ रहेको कार्यालयले जानकारी दिएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77