शनिबार, साउन १२, २०८१

मृतकका परिवारलाई दुई लाख बिस हजार आर्थिक सहयोग

दाङ, २८ जेठ । जिल्लाको नौबहिनी नगरपालिका १, स्याउलिबाङमा घर भत्किएर ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग गरिएको छ । प्युठानको नौबहिनी गाउँपालिकाको तर्फबाट १ लाख ५० हजार, सामाजिक अभियान्ता जीवन खनालको पहलमा ६५ हजार ४७ र लुङ्ग निवासी केशव के.सीबाट ५ हजार गरी जम्मा दुई लाख २० हजार ४७ रुपैया नगद सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष शिब रिजालले जानकारी दिनुभयो । साथै गाउँपालिकाले घर निर्माणपछि पीडित परिवारलाई थप ५० हजार सहयोग गर्ने समेत बताएको छ ।

त्यस्तै,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले खाद्यान्न र लत्ताकपडा राहात प्रदान गरेको छ। गाउँपालिका अध्यक्ष रिजाल र अभियान्ता खनालले पीडित परिवारको घरमै पुगेर राहात स्वरुप उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।गत जेठ ९ गते घर भत्किदा बोम बहादुर मल्ल सहित उहाँकी श्रीमती र छोरा गरी ३ जनाको मृत्यु भएको थियो । बाबुआमा गुमाएका १५ बर्षीया कुमारी मल्ल ६ कक्षामा अध्ययनरत हुनुहुन्छ । उहाका बहिनिहरु १२ वर्षिया करिश्मा, ९ वर्षिया गंगा र ७ वर्षिया सपना क्रमशः ३ ,२ र १ कक्षामा अध्यनरतछन्। आर्थिक स्थिति कमजोर भएका उनीहरुले अभिभावक गुमाएपछि अहिले साहारा विहिन हुनु परेको बताईएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77