शनिबार, साउन १२, २०८१

सामुहिक चोरी मुद्धामा फरार घोराहीका चार महिला पक्राउ

लमही, २४ जेठ । सामुहिक चोरी मुद्धामा फरार दाङ घोराहीका चार जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही १८ ढोडेनी बस्ने ३६ बर्षिया शान्ति सुनार, सोहि ठाउँका २५ बर्षिया सन्तोषी नेपाली, ३६ बर्षिया चन्द्रकला सुनार र ३५ बर्षिया ज्योती नेपाली पक्राउ परेका छन् । उनीहरुलाई लुकीछिपी बस्दै आएको अवस्थामा सोमवार दिउँसो पक्राउ गरिएको हो ।

दाङ देउखुरी जिल्ला अदालतले २०७६ बैशाख ३० गते उनीहरु विरुद्ध सामुहिक मुद्धामा दोषी ठहर गदै जनही पाँच हजार जरिवाना र आठ महिना सात दिन कैद फैसला गरेको थियो । पक्राउ परेका उनीहरुलाई सोमवार नै अदालत बुझाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77