शनिबार, साउन १२, २०८१

पहिरोले घर पुरिदा एक किशोरको मृत्यु

दाङ, २ असार । पहिरोले घर पुृरिदा एक किशोरको मृत्यु भएको छ । पाल्पा रिब्दीकोट गाउँपालिका ४ मन्छिप बस्ने महेन्द्र भट्टराई क्षेत्रीको घरमा खसेको पहिरो पुरिदा उहाका छोरा १९ बर्षिय मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले घर पुरिदा उहालाई उद्धार गरिएको थियो । तर उपचारको लागी पाल्पा अस्पताल तानसेनमा उपचारकै क्रममा गएराती मृत्यु भएको प्रहरीले बताएको छ । लगातार बर्षातका कारण मंगलवार साँझ सात बजे पहिरोले घर पुरीएको हो ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77