बिहिबार, अशोज २४, २०८१

मेलम्चीमा भीषण बाढी र पहिरो : ४० जनाभन्दा बढी बेपत्ता, तीन पक्की पुल बग्यो

दाङ्ग २ असार ।अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढीका कारण ४० जनाभन्दा बढी बेपत्ता भएका छन् । नदी तटीय क्षेत्रमा भएका भण्डारी रिसोर्ट तथा इको रिसोर्टसहित केही रिसोर्ट तथा आधा दर्जनभन्दा बढी माछा फर्म बगाएको स्थानीय अर्जुन भण्डारीले बताए । बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

बाढीका कारण मेलम्ची खोलामा रहेको चोक्पु तथा फट्टेको पक्की पुल बगाएको छ । त्यसैगरी जिल्लाको उत्तरी भाग तिपेनी बजार तथा पाँचपोखरी जोड्ने पक्की र झोलङ्गे पुलसमेत बगाएको छ।

अविरल वर्षासँगै विद्युत् अवरुद्ध भएकाले स्थानीयसँग सम्पर्क गर्न कठिनाइ भएको छ ।

यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ । मेलम्ची बजारसहित मेलम्ची (इन्द्रावती) नदी किनारका बाहुनेपाटी, सिपाघाटमा बस्ती खाली गराउन थालिएको हो ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77