शनिबार, साउन १२, २०८१

जिएमको नेतृत्वमा दाङ जिल्लामा यूट्युव पत्रकार संघ गठन, प्रदेशमा देवकोटा

दाङ २३ असार

 

अनलाईन पत्रकारीतालाई मर्यादित बनाउनका लागि दाङ जिल्लामा नेपाल यूट्युव पत्रकार संघको तदर्थ जिल्ला साखा गठन गरिएको छ ।

नेपालमै पहिलो पटक पत्रकारीताको डिजिटल प्लेटफर्म युट्युव मार्फत पत्रकारीतामा सकृय पत्रकारहरुको पेशागत हक हित तथा क्षमता अभिवृद्धिका लागि कृयासिल यूट्युव पत्रकार संघको पहिलो जिल्ला शाखाको रुपमा दाङ जिल्ला रहेको छ ।यूट्युव मिडियामा क्रियासिल राष्ट्रिय चर्चाको सिखरमा रहेको क्लासिक मिडियाका संचालक सुजल जिएमको अध्यक्षतामा १३ सदस्यिय यूट्युव पत्रकार संघ जिल्ला साखा दाङ गठन गरिएको हो ।यूट्युव पत्रकार संघका केन्द्रिय उपाध्यक्ष एवं मेचिकालि च्यानल (माईक्रोलिंक) संचालक भोजराज थापाको सभाअध्यक्षता एवं स्वतन्त्र पत्रकार संघ लुम्बिनि प्रदेशका अध्यक्ष बिष्णुकुमार देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले जिएमलाई अध्यक्षमा चयन गरेको हो ।

संघको उपाध्यक्षमा कैलाश घर्तिमगर, सचिवमा सुदन थापा, सह सचिवमा हेमराज परिवर्तन, कोषाध्यक्षम किसन ओली चयन हुनुभएको छ ।

सर्वसहमतिले चयन भएको समितिको सदस्यहरुमा राम प्रसाद् भुषाल, हिमाल महरा, राज रावत , हरी मगर, लालसुर बिष्ट,निता पुन, भेग बहादर थापा र वावुराम डाँगि रहनुभएको छ ।

 

 

 

लुम्बिनि पदेश संयोजकमा देवकोटाः यसैगरी यूट्युव पत्रकार संघको लुम्बिनि प्रदेश संयोजकमा पत्रकार बिष्णुकुमार देवकोटा चयन हुनुभएको केन्द्रिय अध्यक्ष प्रकाश चन्द्र दाहालले जानकारी दिनुभयो ।

 

दाङ जिल्ला भेलाको सिफारीसमा देवकोटालाई प्रदेश संयोजकमा चयन गरीएको यूट्युव पत्रकार संघका केन्द्रिय उपाध्यक्ष भोजराज थापाले बताउनुभयो ।

बिगत २०५७ सालदेखि पत्रकारीतामा क्रियासिल देवकोटा दाङ निबासी हुनुहुन्छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77