शनिबार, साउन १२, २०८१

युट्युव पत्रकार संघ दाङको अध्यक्षमा जि.एम

असिम चौधरी  – नेपाल युट्युव पत्रकार संघको पहिलो नयाँ शाखा दाङमा स्थापना भएको छ । दाङमा सकृय युट्युवर पत्रकारहरुको भेलाले क्लासिक मिडियाका संचालक सुजल जिएमको अध्यक्षतामा १३ सदसीय यूट्युव पत्रकार संघ जिल्ला शखा दाङ गठन गरेको हो ।

संघका केन्द्रीय उपाध्यक्ष भोजराज थापाको उपस्थिति र अध्यक्ष प्रकाशचन्द्र दाहालको भर्चुअल उपस्थितिमा भएको भेलामा युट्युव पत्रकारिताका चुनौती र समाधानमा संघले खेल्नु पर्ने भुमिकाको बिषयमा छलफल समेत भएको थियो ।

भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले युट्युव पत्रकारलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गराउने काम हाम्रै भएको बताउँदै नयाँ प्लेटफर्मको दुरुपयोग हुन नदिन सबैमा अपील गरे ।

स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिष्णुकुमार देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले जिएमलाई अध्यक्षमा चयन गरेको हो ।

संघको उपाध्यक्षमा कैलाश घर्तिमगर, सचिवमा सुदन थापा, सह सचिवमा हेमराज परिवर्तन, कोषाध्यक्षमा किसन ओली चयन भएका छन् ।

सदस्यहरुमा रामप्रसाद भुषाल, हिमाल महरा, राज रावत , हरि मगर, लालसुर बिष्ट,निता पुन, भेगबहादर थापा र बाबसराम डाँगी सर्वसम्म सहमति चयन भयको थियो ।

त्यसैगरी यूट्युव पत्रकार संघको लुम्बिनी प्रदेश संयोजकमा पत्रकार बिष्णुकुमार देवकोटा चयन भएका केन्द्रीय अध्यक्ष प्रकाशचन्द्र दाहालले जानकारी दिए ।

दाङ जिल्ला भेलाको सिफारिसमा देवकोटालाई प्रदेश संयोजकमा चयन गरीएको यूट्युव पत्रकार संघका केन्द्रीय उपाध्यक्ष भोजराज थापाले बताए ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77