बिहिबार, साउन १०, २०८१

दाङमा युट्युव पत्रकार संघको शाखा स्थापना

दाङ । नेपाल युट्युव पत्रकार संघको नयाँ शाखा दाङमा स्थापना भएको छ । दाङमा बसेर युट्युव सञ्चालन गर्दै आएका सकृय पत्रकारहरुको भेलाले क्लासिक मिडियाका संचालक सुजल जिएमको अध्यक्षतामा १३ सदसीय यूट्युव पत्रकार संघ जिल्ला शखा दाङ गठन गरेको हो ।

 

संघका केन्द्रीय उपाध्यक्ष भोजराज थापाको उपस्थिति र अध्यक्ष प्रकाशचन्द्र दाहालको भर्चुअल उपस्थितिमा भएको भेलामा युट्युव पत्रकारिताका चुनौती र समाधानमा संघले खेल्नु पर्ने भुमिकाको बिषयमा छलफल समेत भएको थियो ।

 

भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले युट्युव पत्रकारिता गर्दा पत्रकार महासंघले जारी गरेको आचारसंहिता पालन गर्नु पर्नेमा जोड दिएका थिए । उपाध्यक्ष थापाले युट्युव पत्रकारलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गराउने काम हाम्रै भएको बताउँदै नयाँ प्लेटफर्मको दुरुपयोग हुन नदिन सबैमा अपील गरे ।

 

स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिष्णुकुमार देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले जिएमलाई अध्यक्षमा चयन गरेको हो ।

 

संघको उपाध्यक्षमा कैलाश घर्तिमगर, सचिवमा सुदन थापा, सह सचिवमा हेमराज परिवर्तन, कोषाध्यक्षमा किसन ओली चयन भएका छन् ।

सर्वसम्मतिले चयन भएको समितिका सदस्यहरुमा रामप्रसाद भुषाल, हिमाल महरा, राज रावत , हरि मगर, लालसुर बिष्ट,निता पुन, भेगबहादर थापा र बाबसराम डाँगी रहेका छन् ।

 

लुम्बिनी पदेश संयोजकमा देवकोटा

यसैगरी यूट्युव पत्रकार संघको लुम्बिनी प्रदेश संयोजकमा पत्रकार बिष्णुकुमार देवकोटा चयन भएका केन्द्रीय अध्यक्ष प्रकाशचन्द्र दाहालले जानकारी दिए ।

 

दाङ जिल्ला भेलाको सिफारिसमा देवकोटालाई प्रदेश संयोजकमा चयन गरीएको यूट्युव पत्रकार संघका केन्द्रीय उपाध्यक्ष भोजराज थापाले बताए । २०५७ सालदेखि पत्रकारितामा क्रियाशी देवकोटा दाङ निवासी हुन् ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77