शुक्रबार, साउन ११, २०८१

दाङमा टिप्परबाट एकै दिन दुई लाख बढि राजस्व संकलन

३० असार । दाङमा मापदण्ड विपरित चलेको टिप्परहरुलाई होल्डिङ गरी कारवाही गर्दा एकैदिन दुई लाख बढि राजस्व संकलन भएको छ । सिमेन्ट उद्योगका लागी आवश्यक पर्ने कच्चा पदार्थ ओसारपसार गर्ने टिप्परहरुलाई तुलसीपुर, घोराही र लमहीमा विहानै देखी दिनभर होल्ड गरीएको थियो । मंगलवार दिउँसो घोराहीमा स्थानिय सरकार, प्रशासन र टिप्पर व्यवसायीका बिच छलफल पश्चात जरिवाना गरी छोडिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङवाङले जानकारी दिनुभयो ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77