शनिबार, साउन १२, २०८१

ओलीले सरकारी निवास छोड्दै, सयौँँ मोटरसाइकल र गाडीले स्कर्टिङ गरेर बालकोट पुर्याइने

३० असार/ निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास छोड्दै हुनुहुन्छ । बिहान ११ बजेपछि उहाँले बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट जाने प्रेस संयोजक सूर्य थापाले जानकारी दिएका छन । ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै लैजाने तयारी गरेका छन् ।

सयौँँ मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिने एमाले नेता महेश बस्नेतले बताएका छन । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै ओली निजी निवासमा सर्न लागेका हुन।

बालुवाटार छोड्नु अघि हिजो खोलीले देशवासीका नाममा सम्बोधन गरेका थिए । गएको सोमवार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77