शनिबार, साउन १२, २०८१

देशभर थप २ हजार ३९८ जनामा कोरोना पुष्टि

  1. ३० असार । वितेको २४ घण्टामा २ हजार ३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६ सय ३९ र ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २ हजार ३९८ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७८ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१०, झापामा १४८, कास्कीमा १४६, सुनसरीमा १११ र ललितपुरमा ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77