शनिबार, साउन १२, २०८१

तुलसीपुरमा एकाविहानै खुकुरी प्रहार हुदा एक युवक घाईते

३० असार । दाङ तुलसीपुरमा एकाविहानै एक युवक माथी खुकुरी प्रहार भएको छ । तुलसीपुर ९ दोघरे स्थित मंगलवार विहान सवा छ बजे तुलसीपुर ५ रानीजरुवा बस्ने २३ बर्षिय बिशाल सुनार माथी दंगीशरण गाउँपालिका ५ लौवस्ता बस्ने २५ बर्षिय निर्मल बस्नेतले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेस काफलेले जानकारी दिनुभयो ।

पुरानो रिसीवीका कारण बस्नेतले सुनार माथी खुकुरी प्रहार गरेको हुन सक्ने एसपी काफलेले बताउनुभयो । घाईते सुनारको खुट्टामा चोट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । खुकुरी प्रहार गर्ने बस्नेत भने फरार भएको र खोजी कार्य भईरहेको एसपी काफलेले जानकारी दिनुभयो ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77