शनिबार, साउन १२, २०८१

निगमले पेट्रोलियम पदार्थको मुल्य एक रुपैया घटायो

३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक\एक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ ।निगम घाटामा हुँदाहुँदै पनि पाँच विद्यार्थी सङ्गठनको माग अनुसार एक-एक रुपैयाँ घटाइएको निगमको भनाइ छ ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य एक सय ११ रुपैयाँमा झरेको छ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढिरहेको अवस्थामा नेपालमा पनि भाउ बढ्ने कुरालाई ख्याल गरिदिन निगमले आग्रह पनि गरेको छ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77