शुक्रबार, साउन ११, २०८१

तुलसीपुरमा दुई बालबालिका सहित एकैघरका ६ जनामा कोरोना पुष्टि

३० असार । दाङको तुलसीपुरमा एकैघरका २ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । बालबालिकामा रुघाखोकी र ज्वरो देखिएपछि भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अन्तर्गत तुलसीपुर मेट्रो कलेजमा गरिएको एन्टिजेन परीक्षणमा तुलसीपुर उपमहानगरपालिका ८ निबासी ८ बर्षकी बालिका र १३ बर्षका बालकमा कोरोना पुष्टि भएको हो ।

बालबालिका कोरोना पुष्टि भएपछि मेट्रो अस्पतालमा भर्ना गरिएको छ । यस अघि बालबालिका बुवाआमा सहित ६ जना पाँचदिन अघि अस्पतालमा भर्ना भएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । अहिले अस्पतालमा १० जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77