शनिबार, साउन १२, २०८१

फेरि अर्को दुखको खबर !! मोरङमा खोलाको छेउमा महिला’को अ’र्ध’न’ग्न श’व फेला

मोरङको सुन्दरहरैँचास्थित गछिया खोलामा एक महिलाको शव अर्धनग्न अवस्थामा भेटिएको छ ।

 

सुन्दरहरैँचा नगरपालिका–७ की २४ वर्षीया छेविनी ऋषिदेवको शव घरनजिकै गछिया खोलामा अर्धनग्न अवस्थामा फेला परेको हो ।

 

सोमबार बिहान खोलामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए ।

 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोली कम्मरमुनि भित्री वस्त्र मात्र लगाएको अवस्थामा शव फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार घटना शंकास्पद देखिएपछि मृतक महिलाका श्रीमान २६ वर्षीय मन्जे ऋषिदेवलाई नियन्त्रणमा लिइएको छ ।

 

आइतबार साँझ श्रीमान–श्रीमतीबीच सामान्य भनाभन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।झगडा भएको जानकारी पाएपछि प्रहरीले मृतक महिलाका श्रीमान मन्जेलाई नियन्त्रणमा लिएको हो ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77