शनिबार, साउन १२, २०८१

दाङमा रेडपाण्डाको छाला कारोवार गर्ने क्रममा २ जना पक्राउ

दाङ, असार ३१। दाङमा प्रतिवन्धित वन्यजन्तु रेडपाण्डाको छाला कारोवार गर्ने क्रममा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका वडा नं ८ बस्ने ५६ वर्षिय नर बहादुर बस्नेत र जाजारकोट जुनीचाँदी गाउँपालिका वडा नं ७ बस्ने ४८ वर्षिय डिल बहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताउनुभयो।

उहाँका अनुसार पक्राउ परेका बस्नेत र रावतले आज घोराही उपमहानगरपालिका वडा नम्बर १६ गरुवामा २ फिट १० ईन्च लम्बाई भएको रेडपाण्डाको छाला र ३२ पिस काईनेटिक टल्लने ढुङ्गा कोरोबार गर्न लागेका थिए । कोरोवार गर्न लागेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले आज विहान करिब ८ बजे उक्त छाला र ढुङ्गासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

 

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77