शनिबार, साउन १२, २०८१

८० लाख पर्नेे मोटरसाइकल, कार भन्दा धेरै छ यस्तो सुबिधा !

एमभी अगस्टा सुपरभेलोस सिरी ओरो मोटरसाइकल नेपाल भित्रिएको छ । एसजे मोटोका अध्यक्ष सौरभ ज्योतिले उक्त मोटरसाइकल भित्र्याउनुभएको हो ।

 

मोटरसाइकलको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एमभी अगस्टा सुपरभेलोस मोटरसाइकल तीन सय युनिटमात्र उत्पादन भएकोमा १४४औं उत्पादन नेपाल भित्र्याएको बताइएको छ ।

 

तर, उक्त मोटरसाइकल बिक्रीका लागि नभई ग्यालेरीमा राख्न ल्याइएको बताइएको छ ।कसैले मोटरसाइकल खरिद गर्न चाहेमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । एसजे मोटो नेपालमा नयाँ र रिफर्बिस गरिएका सुपरबाइकका लागि एक प्रिमियम मोटरसाइकल ग्यालेरीमा नेपालमा बिक्री हुने गरेका र विश्वका उत्कृष्ट मोटरसाइकल ग्यालेरीमा राखिएका छन् ।

 

मोटरसाइकलमा तीन सिलिन्डरयुक्त सात सय ९८ सीसीको इन्जिन रहेको छ भने उच्चतम गति दुई सय ४० किलोमिटर प्रतिघण्टा र तौल एक सय ७३ केजी रहेको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77