शनिबार, साउन १२, २०८१

अदालतभित्रै महिला कर्मचारी मृ’त फेला परेको घटनामा प्रहरी नै संलग्न ? पक्राउ परे यि असई

उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको ह त्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो ।

सोमबार कार्यालय परिसरकै बलेँसीमा मृ त फेला पर्नुभएकी विमलाको ह त्या नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधीशकै सुरक्षा गार्डका रूपमा कार्यरत प्रहरी युवराज बानियाँले गरेको खुलेको छ ।

मुख्य न्यायाधीश हाल बिदामा रहेकाले कोठाको साँचो सुरक्षा गार्ड बानियाँसँग नै रहेकाले सो स्थानमा घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ । अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार धनकुटा घाेर्लीखर्क–५ घर भई इलाममा कार्यरत अभियुक्त बानियाँ र मृतक कर्मचारीबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ । उहाँहरूबीच पैसाको बार्गेनिङ भएको बानियाँको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो

मृतक महिलाको दाँहिने नाडीमा चो ट भएको बताइएको छ । बयानमा अभियुक्त बानियाँले घाँ टी थि चेर मारे को बताएको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । कार्यालय समयपछि सबै आफ्नो घरतर्फ गए पनि मृ त फेला परेकी महिला उच्च अदालतभित्रै रहेको तरकारी बारीतर्फ गएको बताइएको छ । दुई जनाबीच भनाभन भएको र घटना घभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

मृतक महिलाले लगाएको करिब दुई तोलाको सिक्रीसमेत अभियुक्त बानियाँ बस्ने ठाउँबाट बरामद गरिएको छ । मुख्य न्यायाधीश बस्ने क्वाटरको कोठामा घटना गराइ घिसारेर लगेर बलेँसीमा फालेको अभियुक्त बानियाँले दिएको बयानमा खुलेको छ । घटनापश्चात् नै जिल्ला प्रहरी कार्यालय इलामले अभियुक्त तथा प्रहरी बानियाँलाई नियन्त्रणमा लिएको तर थप अनुसन्धानका लागि सङ्घीय प्रहरी एकाइ धरानबाट कुकुर ल्याइएको थियो । अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77