बिहिबार, मंसिर १४, २०८०

सोनापुर सिमेन्टका ट्रक चालकलाई कुटपिट गर्ने ८ जना विरुद्ध मुद्दा

३१ असार । सोनापुर सिमेन्टका दुईवटा ट्रक चालकलाई कुटपिट्न गर्ने ८ जनालाई प्रहरीले मुद्दा चलाएको छ । उनिहरुलाई सार्वजनिक नैतिकताका विरुद्धको कसुरमा मुद्दा चलाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।असार २८ गते सोनापुर सिमेन्टको रा१ख १०१९ नम्बरको ट्रककलाई जसपुरमा रोकेर मोटरसाईकल तेस्राएर चालकलाई कुटपिट गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका ८ निबासी भुवन बस्नेत, सल्यानको सारदा नगरपालिका १४ निबासी राजु नेपाली, बबई गाउँपालिका ७ निबासी डिल्ली डाँगी, दंगीशरण गाउँपालिका ७ निबासी राजु वली र चौरजहारी नगरपालिका १४ बस्ने जीवन वलीलाई पक्राउ गरेर मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

 

त्यसैगरी भारतबाट कच्चा पदार्थ लिएर सोनापुर सिमेन्टमा जाँदै गरेको गउ द्दछब्त्ठण्ज्ञज्ञ नम्बरको ट्रक चालकलाई कुटपिट गरेर अगाडीको सिसा फोडिदिएको आरोपमा बेलझुण्डीबाट ३ जनलाई गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ११ निबासी बिशाल डाँगी, बालाराम राना र पदम वली रहेका छन् ।

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77