शनिबार, साउन १२, २०८१

गाउँपालिका अध्यक्ष थापाको निधन

३१ असार । गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक थापाको आज निधन भएको छ । कलेजोमा समस्या देखिएपछी काठमाडौमा उपचार गराइरहनुभएका ७५ वर्षिय थापाको उपचारका क्रममा विहिवार निधन भएको हो । उहाँ ४ महिनादेखि काठमाडौमा उपचाररत रहेको नेपाली कांग्रेस गुल्मीका पूर्व जिल्ला सभापति चन्द्र केसीले जानकारी दिनुभयो । जिल्ला विकास समिति गुल्मीको पूर्व सदस्य समेत रहनुभएका थापा २०७४ सालमा भएको स्थानीयतहको निर्वाचनमा दरबार गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । थापाका श्रीमती, ४ छोरा र दुई छोरी छन् ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77