शनिबार, बैशाख १, २०८१

जेल जिवन विताएका व्यक्ति नै फेरी कालो धन्दामा ,दाङमा लागु औषध सहित दुई जना पक्राउ

१ साउन ।दाङमा बाँकेमा दुई जना लागु औषध खैरो हिरोईन सहित पक्राउ परेका छन् । पर्नेहरुमा बाँके डुडुवा गाउँपालिका १ बस्ने ३० बर्षिय राजु भनिने नोर महमद दर्जी र जानकी गाउँपालिका ३ मुक्तिनगर बस्ने ३६ बर्षिय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो । ठुलो मात्रामा लागु औषध (खैरो हिरोईन) विक्रि वितरण गर्नका लागी बाँकेबाट दाङ तर्फ आईरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्नेक्रममा लमही नगरपालिका ९ तल्नो अमिलियाबाट विहिवार अपरान्ह साढे चार बजे लागु औषध सहित पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिनुभयो ।उनीहरुको साथबाट ११० ग्राम लागु औषध खैरो हिराईनको धुलो फेला परेको उहाले जानकारी दिनुभयो । पक्राउ परेका मध्ये योगी लागु औषध कारोवारमा संलग्न भएको आरोपमा यस अघि २०७१ कात्तिक २३ गते काठमाण्डौमा पक्राउ परी अदालतले तोकेको छ वर्ष कैद सजाय भुक्तान गरी सकेका व्यक्ति भएको उहाले जानकारी दिनुभयो । कारागारबाट मुक्त भएसंगै फेरी उहि पेशामा लागेको अवस्थामा उनी पक्राउ परेका छन् । यस्तै पक्रा परेका अर्का दर्जी पनि यस अघि चोरीडाँका मुद्धामा दुई वर्ष जेल सजाय भोगेका व्यक्ति हुन । २०७० सालमा उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले चोरीडाँका मुद्धामा पक्राउ गरेको थियो ।पक्राउ परेकाहरु माथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77