मङ्लबार, चैत्र १३, २०८०

जन्म भएको दुई महिनामा दुई पटक अ’प’ह’र’णमा परेर फेरि भेटिए यी शिशु

भारतको पश्चिमी राज्य गुजरातमा दैनिक ज्यालादारी काम गर्ने दम्पतीका एक दुईमहिने शिशु दुई पटक अ’प’ह’र’ण’मा परे। बीबीसी गुजरातीका भार्गव पारिखले त्यसको कारण खोतलेका छन्। “अब म मेरो छोरालाई एक छिन पनि छाड्दिनँ,” गुजरातको गान्धीनगरमा बस्ने एक गरिब श्रमिक मीना वादीले भनिन्। त्यसपछि मीना छोरालाई लिएर उनीसँगै अस्पताल गइन्। ती महिलाले फोटो खिच्नुपर्छ भन्दै मीनालाई पर्खिन आग्रह गरेर बच्चालाई कतै लगिन्। घण्टौँ बित्दा पनि ती महिला नआएपछि मीना अत्तालिएर उनलाई खोज्न थालिन्। “म अत्तालिएको देखेर सुरक्षा गार्डले कारण सोधे। मैले बताएपछि उनीहरूले प्रहरीलाई खबर गरे,” उनले भनिन्।

ती पच्चीस वर्षीया महिला दुई महिनाअघि आफ्नो छोरा दुई पटक अ’प’ह’र’ण’मा परेको कुराले अझै त्रस्त छिन्। अबोध शिशुलाई लिएर अस्पतालबाट घर फर्किएकै दिन एप्रिल १ मा मीनाका छोरा हराए। उनका अनुसार सुत्केरी भएको अस्पतालमा आफूलाई नर्स बताउने एक महिला घरमा आएर शिशुले खोप लगाउनुपर्ने बताएकी थिइन्। महिला तथा बालविकास मन्त्रालयका अनुसार गत वर्ष भारतमा ४३,००० भन्दा धेरै बालबालिका हराएका थिए। सरकारी विवरणअनुसार गुजरातमा ३,५०० जति बालबालिका बर्सेनि हराउँछन्।

विपन्न अभिभावकहरूले हराएको उजुरी बिरलै दर्ता गर्ने भएकाले सङ्ख्या अझ बढ्ता हुनसक्ने बालअधिकारकर्मीहरू बताउँछन्। तर मीना र उनका श्रीमान् कानुले तत्कालै प्रहरीमा उजुरी दिए। खोजबिनको अनुसन्धान गरेका प्रहरी निरीक्षक एचपी जला भन्छन्, “मीनालाई ती महिलाबारे केही पनि थाहा थिएन, उनको नाम समेत थाहा थिएन। उनले बच्चा लैजाने महिला कस्ती थिइन् भनेर पनि भन्न सकिनन्।” प्रहरी टोलीले अस्पताल आसपासका सीसीटीभी फुटेज हेर्‍यो। त्यहीँबाट सबैभन्दा पहिले उनीहरूले सन्दिग्ध अ’प’ह’र’ण’कर्ताबारे केही सुइँको पाए। एउटी महिला आफ्नो सारीमा केही लुकाउँदै मूल बाटोतर्फ लम्किरहेको देखियो।

उनीहरू त्यसकै भरमा त्यसमा उल्लेख गरिएको ठेगानासम्म पुगे। त्यहाँ उनीहरूले ती शिशुसहित एक महिलालाई भेटे तर ती शिशु मीनाका छोरा भने थिएनन्। ती महिलाले प्रहरीलाई बताएअनुसार उनका श्रीमान् अर्कै महिलासँग भागेका थिए। उनले बताएअनुसार ती पुरुषले उनका सबै सामानहरू चोर्ने क्रममा प्रहरीले भेटाएको उक्त परिचयपत्र समेत लगेका थिए। त्यसपछि पुन: प्रहरीले गाउँको सीसीटीभी फुटेज हेर्‍यो र राजमार्ग पुग्दासम्ममा पर्ने बाटोमा रहेका पसलेहरूसँग सोधपुछ गर्‍यो। अनेक सङ्केत पछ्याउँदै जाँदा उनीहरू अर्को गाउँसम्म पुगे जहाँ ती महिला अन्तिम पटक देखिएकी थिइन्। त्यसरी खोज्ने क्रममा उनीहरू एउटा खेती नगरिएको ठाउँसम्म पुगे जहाँ उनीहरूले ती महिलाका कपडा र एउटा आधारकार्ड भेटे।

ती महिलाले मीनाको बच्चा चोरेको स्वीकारेको तथा ती पुरुषकी पहिली श्रीमतीले गलत ढङ्गले लुगा र परिचयपत्र फ्याँकेर फसाउन खोजेको दाबी गरेको बताइएको छ। तर ती व्यक्तिले प्रहरीलाई त्यस्तो केही थाहा नभएको र उक्त बालक आफ्नै भएको ठानेको बताए। ती महिलाले भने आफूले मृत शिशु जन्माएको र घरमा छोराबिना गए आफ्ना श्रीमान्‌ले छाड्लान् भन्ने डर लागेको बताइन्। प्रहरीले उनको कथा अस्वाभाविक नभएको बताए।

प्रहरीसेवाबाट निवृत्त भएका दीपक व्यास भन्छन्, “अभिभावकहरूमा छोरीभन्दा छोरा पाउने लालसा छ। जेजसरी भए पनि उनीहरू छोरा चाहन्छन्। तसर्थ उनीहरू गरिब परिवारका सन्तान चोर्न चाहन्छन्।” मीना र कानु हराएको छोरा फेला पर्दा फुरुक्क परेका थिए। तर उनीहरूको हर्ष लामो समय टिकेन। छोरा सामु फर्किएको दुई महिनापछि जुन ९ मा उनी फेरि हराए। उसलाई रूखमुनि टोकरीमा सुताएर मीना कबाडी सामान सङ्कलन गरिरहेकी थिइन्। फर्कँदा छोरा नदेखेपछि उनी अत्तालिएर प्रहरी चौकी पुगिन्। उनलाई त्यो अवस्थामा देखेर प्रहरी निरीक्षक जला अचम्भीत भए। जासुसी क्यामरामा हेर्दा एक सन्दिग्ध पुरुष त्यसैदिन एउटा शिशुलाई बोकेर बाइकमा गएको देखियो। Taja Khabar

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77