मङ्लबार, चैत्र १३, २०८०

भरतपुरबाट हराएकी विना नारायणी किनारतर्फ गइरहेको सिसिटिभी फु’टेज भेटियो !

गत असार १४ गते भरतपुरबाट ह’रा’एकी युवती नारायणी नदी किनारतर्फ जाँदै गरेको सिसिटिभी भिडिओ भेटिएको छ। उक्त दिन नवलपुरको गैंडाकोटस्थित घरबाट प्रेमी प्रवेश कँडेलसँग भरतपुरतर्फ निस्किएकी विना सापकोटा सोही दिनदेखि हराइरहेकी थिइन्।

बाबु जयश्वर सापकोटाले दिएको जा’हे’रीका आधारमा प्रेमी प्रवेशलाई नि’य’न्त्र’णमा लिएर अ’नु’स’न्धा’न गरिरहेको चितवन प्रहरीले नारायणगढस्थित नारायणी किनार नजिकैको एक पसलले राखेको सिसिटिभी क्यामेराको रेकर्डमा विना कै’द भएको भेटेको हो। राति ८ बजेर ४१ मिनेटमा विना नारायणी नदीको किनारतर्फ जाँदै गरेको फु’टे’ज भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए।

विनाले नारायणगढको लीलाचोक नजिकका एक व्यक्तिसँग फोन मागेर प्रवेशसँग कुराकानीसमेत गरेकी थिइन्। विनाको मोबाइल सेट भने प्रहरीले प्रवेशको साथमा फु’टे’को अवस्थामा भेटेको थियो। मोबाइलविहीन बनेकी विनाले अपरिचित व्यक्तिको मोबाइलबाट ११ सेकेन्ड प्रवेशसँग बोलेको भेटिएको छ। केहीबेर बोलेपछि फोन दिएर ती युवती नदीकिनारतर्फ गएको ती व्यक्तिले जानकारी गराएको विनाका बुबा जयश्वरले बताए।

सोही दिन राति ८ बजे भरतपुरस्थित भाटभटेनीअगाडि हिँडिरहेको स्थानीयले देखेका थिए। त्यसपछि प्रहरीले नारायणगढ बजार क्षेत्रमा रहेका क्यामरामा उनको खोजी गरिरहेको थियो। ‘राति केटी मान्छे ए’क्लै नदी किनारतिर गएको देखेपछि स्थानीयले खो’जी पनि गरेछन्,’ डिएसपी थापाले भने, ‘ला’इ’ट बालेर एकछिन खो’जी गर्दा नदेखिएको उनीहरूले बताए।’ थापाकाअनुसार विना नारायणी नदीको किनारमा रहेको बुद्धको मूर्तितर्फ गइरहेको देखेको स्थानीयले बताएका थिए।

नदीकिनारतर्फ गएकी भेटिएपछि प्रहरी र आफन्तले त्यस आसपासमा विनाको खो’जी गरिरहेका छन्। प्रहरीले नि’य’न्त्र’णमा रहेका भनिएका प्रवेश भने हाल भरतपुर अस्पतालमा छन्। छोरी ह’राए’पछि असार १८ गते बाबु जयश्वरले प्रवेशवि’रू’द्ध प्रहरीमा उ’जु’री दिएका थिए।सेतोपाटी

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77