सोमवार, चैत्र १२, २०८०

दाङमा भोलि देखी कोरोना खोप लगाईने, तुलसीपुरमा सवैलाई पाएक पर्ने गरी २१ वटा खोप केन्द्र निर्धारण

२ साउन । दाङमा भोलि (आईतवार) देखी कोरोना भाईरस विरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय दाङको अनुसार जिल्लामा १९ हजार भाईल भेरोसेल खोप आएको छ । उक्त खोपले ३८ हजार नागरिकलाई लगाउने मिल्नेछ । सोहि अनुसार जिल्लाका दश वटै स्थानिय पालिकाका ५५ बर्ष माथिका सवै नागरिकलाई खोप दिईनेछ । यस्तैगरी लक्षित समुह अन्र्तगत शिक्षक,कर्मचारी, यातायात व्यवसायी, यातायात मजदुर, यस अघि खोप लगाउन छुटेका लक्षित समुहले पनि खोप लगाउने पाउनेछन् । सवै नागरिकलाई पाएक पर्ने गरी स्थानिय तहका प्रत्येक स्वास्थ्य संस्था तथा अस्पतालहरुबाट खोप दिईनेछ ।

तुलसीपुरमा १२ हजारलाई खोप लगाईने

तुलसीपुरमा १२ हजार नागरिकलाई भेरोसेल खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय दाङले उपलब्ध गराएको खोप मध्ये ५५ बर्ष माथिका ८७५५ जना र अन्य बाँकी लक्षित समुहलाई समेटेटिने कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । खोप आईतवार देखी मंगलवार सम्म जारी रहनेछ ।तुलसीपुर क्षेत्रमा सवै नागरिकलाई पाएक पर्ने गरी २१ वटा खोप केन्द्र निर्धारण

गरिएको छ ।

जस अनुसार पवननगर स्वास्थ्य चौकीमा २७०,ताकियापुर नगर स्वास्थ्य केन्द्रमा २६६, प्रतापकोट र रानागाउँ नगर स्वास्थय केन्द्रमा ४५६ , हलवार स्वास्थ्य चौकी र रक्षाचौर सामुदायिक स्वास्थ्य केन्द्र गरी ४९६, नगर स्वास्थ्य केन्द्र वडा नम्वर ५ तल्लो बसपार्कबाट ७४०, तुलसीपुर ६ वडा कार्यालय र गोरखा बोर्डिङ ८००, पर्सेनी नगर स्वास्थ्य केन्द्रबाट ६८३, भीमसेन नगर स्वास्थ्य केन्द्र अश्वाराबाट ३४८, दोघरे नगर स्वास्थ्य केन्द्रबाट २९८,टरिगाउ स्वास्थ्य चौकिबाट ३९६ , उरहरी स्वास्थ्य चौकीबाट ५२८,हेमनगर नगर स्वास्थ्य केन्द्रबाट ५४२, फूलबारी स्वास्थ्य चौकीबाट ३३४, ड्वाङपुर नगर स्वास्थ्य केन्द्रबाट ३७०, डूरूवा स्वास्थ्य चौकीबाट ४२४, लक्ष्मीपुर नगर स्वास्थय केन्द्रबाट ४६६,मानपुर स्वास्थ्य चौकी ४४६, हेमन्तपुर नगर स्वास्थय केन्द्रबाट ४७८, बिजौरी स्वास्थ्य चौकी र छिल्लिकोट नगर स्वास्थ्य केन्द्रबाट ४१४ जना नागरिकलाई खोप दिने लक्ष्य राखीएको फोकल पर्सन केसीले जानकारी दिनुभयो ।

यस्तैगरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यालय कर्मचारी , शिक्षक, सुरक्षाकर्मी , स्वास्थ्यकर्मी, अत्यावश्यक सेवा कर्मचारीहरु ,चालक÷सहचालक,तुलसीपुर मेट्रो कोरोना आइसोलेसन अस्पतालमा स्वास्थ्यकर्मी , सरसफाईकर्मी , चिकित्सक , अत्यावश्यक सेवा अन्तर्गतका संघ÷संस्था कर्मचारी , फ्रन्ट लाइन,चालक÷सहचालक लगायतका लक्षित व्यक्तिलाई खोप दिने उहाले जानकारी दिनुभयो ।

खोप केन्द्रमा १ जना खोपकर्ता, २ जना २ जना स्वास्थ्य स्वंयम सेवक, स्वास्थ्यकर्मी तथा भ्याक्सिन करियरको व्यवस्थापनको साथै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिनेछ ।कोरोना खोप लगाउन आउदा ५५ बर्ष माथिका व्यक्तिले आफनो नागरिकता वा परिचय खुल्ने कागज साथमा लिएर आउनुपर्ने छ भने लक्षित समुहका नागरिकले पनि परिचय खुल्ने कागजपत्र लिनुपर्ने प्रावधान रहेको छ ।

 

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77